About US

सहकारीको राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्दान्तमा आधारित रहेर हाम्रो समाजमा रहेको श्रोत साधन, पुजी तथा बस्तुहरुलाई एकिकृत गरी सोहि समाजमा अधिकतम उपयोग गर्दै उदाहरणीय रुपमा समाजको रुपान्तरण गर्न सकिन्छ र आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समाजलाई नयाँ परिचय दिलाउन सकिन्छ भन्ने अभिप्रायका साथ यस मेगा ड्रिम बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको हो । सहकारीको “एकका लागि सबै र सबैको लागि एक “ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमा पनि म,हामी, हाम्रो र सबैको एकताको भावनाको विकास गराउन सहकारी  ऐन २०४८ र सहकारीका अन्तराष्ट्रिय सिद्दान्त मूल्य र  मान्यतालाई आधार मानि देशको अर्थतन्त्रको अनुकुल परिस्थितिलाई अत्याधिक उपयोग गर्ने सहकारीको अवधारणा अनुसार यस मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. नेपाल सरकारको डिभिजन सहकारी कार्यालय काठमाडौँ २०६७ सालमा बचत तथा ऋण सहकारीको रुपमा कारोबार गर्न इजाजत प्राप्त भई २०७२ देखि बहुउद्देश्यीय सहकारीको रुपमा स्थापित सहकारी संस्था हो । उपत्यकाको काठमाडौँ जिल्ला भरि आफ्नो कार्य क्षेत्र रहेको यस संस्थाको प्रधान कार्यालय बालाजु, माछापोखरीमा साथै सदस्य सेवा केन्द्र चाबहिल, कालिमाटी, न्युरोड र गोकर्णेश्वर जोरपाटीमा अवस्थित छ ।

2019-10-14T13:25:48+00:00