Message From CEO

सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता लाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती , पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायलाई एक्यवद्ध गर्दै स्वावलम्वी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न संकलित बचत लाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यस संस्थाको स्थापना गरिएको हो ।
संचालन/व्यवस्थापन
संचालक समिति, लेखा समिति तथा अन्य उप-समितिका सदस्यहरुमा विभिन्न क्षेत्रको संचालन तथा व्यवस्थापनमा लामो समयको अनुभवी, क्षमतावान तथा कुशल नेतृत्व दिन सक्ने युवा तथा उर्जाशिल व्यक्तिहरुको बाहुल्यता रहेको छ । सदस्यहरुको चाहना, आवश्यकता तथा समयानुकुल नीति तथा योजना तर्जुमा गर्न आवश्यक उपसमितिहरु गठन भई सो अनुसारको नीति कार्यन्वयन गर्न गराउन समिति प्रतिबद्द र सफल छ । त्यसै गरी संस्थाको उदेश्य प्राप्तिका निमित संस्थाको व्यवस्थापन सुचारु पुर्वक संचालन गर्न गराउन सक्षम र कुशल व्यवस्थापनको अति आवश्यक हुन्छ । संस्थाको नीति नियमको अधिनमा रही इमान्दारी पुर्वक कर्तव्य पालन गर्नु सफल व्यवस्थापनको प्रतिबिम्ब हो । व्यवस्थापन पक्ष यस तर्फ दृढ, संकल्पित तथा प्रतिबद्द छ ।
Our Services
About US
सहकारीको राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्दान्तमा आधारित रहेर हाम्रो समाजमा रहेको श्रोत साधन, पुजी तथा बस्तुहरु लाई एकिकृत गरी सोहि समाजमा अधिकतम उपयोग गर्दै उदाहरणीय रुपमा समाजको रुपान्तरण गर्न सकिन्छ र आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समाजलाई नयाँ परिचय दिलाउन सकिन्छ भन्ने अभिप्रायका साथ यस मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना भएको हो ।